
लक्ष्यः
सशक्त, समान र आत्मनिर्भर समाज निर्माणको दिशा।
हाम्रो लक्ष्य आदिवासी जनजाति महिलाहरूको सामाजिक, आर्थिक र शैक्षिक सशक्तिकरण गर्दै राज्यका निकायमा पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नु हो। शिक्षा, सीप तालिम, स्वरोजगार अवसर, मातृ–शिशु स्वास्थ्य, पोषण तथा सांस्कृतिक संरक्षणमार्फत महिलालाई सक्षम र आत्मनिर्भर बनाइनेछ। लैंगिक हिंसा, भेदभाव, बालविवाह र दाइजो विरुद्ध सचेतना फैलाउँदै पीडितलाई न्यायमा पहुँच दिलाउने कार्य प्राथमिकता रहन्छ। सामूहिक नेतृत्व र संगठित आवाज सुदृढ पार्न समुदायगत संजाल निर्माण हाम्रो दीगो लक्ष्य हो।




